Kathmandu Press

मुलुक अधिनायकवाद र निरंकुशतातर्फ : नेता कोइराला

उनले देश दिशाविहीन रूपमा अघि बढिरहेको पनि बताए। अधिनायकवाद र निरंकुशतालाई रोक्न पत्रकारहरू सचेत हुनुपर्ने पनि कोइरालाले बताए।
मुलुक अधिनायकवाद र निरंकुशतातर्फ : नेता कोइराला
फाइल तस्बिर।

माेरङ, जेठ १० : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुक अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताएका छन्।

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा कोइरालाले उक्त भनाई राखेका हुन्। उनले देश दिशाविहीन रूपमा अघि बढिरहेको पनि बताए। अधिनायकवाद र निरंकुशतालाई रोक्न पत्रकारहरू सचेत हुनुपर्ने पनि कोइरालाले बताए।

Hardik ivf

उनले पत्रकारहरूलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई चेतावनी समेत दिएका छन्। एक प्रसङ्गमा नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने पनि बताए।

कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरेको बताउँदै दुईवटा राहदानी र नागरिकताका विषयमा पनि गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने भनाई समेत उनले राखे।

 

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्