Kathmandu Press

कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनित

सभापति शेरबहादुर देउवाले लेखकलाई विधानको धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेका हुन्।
कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनित

काठमाडौं, जेठ १० : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले लेखकलाई विधानको धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेका हुन्।

Hardik ivf

१४ औँ महाधिवेशनपछि कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय बनेको छ। तर केन्द्रीय समिति बैठक बस्न नसकेका बेला सो सरहको निर्णय अधिकार रहेको कार्यसम्पादन समिति भने ४६ सदस्यीय मात्रै हुन्छ।

सभापति देउवाले अहिलेसम्म कार्यसम्पादन समितिलाई पूर्णता दिएका छैनन्। यसअघि ३७ जना सदस्य रहेको कार्यसम्पादन समितिमा देउवाले बिहीबार लेखकलाई थपेका हुन्। देउवाका विश्वासपात्र रहेका लेखक पछिल्लो समय संसदीय दलको प्रमुख सचेतक भएपछि थप सक्रिय देखिन्छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेको जानकारी दिए। उनी मनोनीत भएपछि अब कार्यसम्पादन समितिमा आठ सदस्य रिक्त छन्।

प्रकाशित मिति: १०:२५ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्