Kathmandu Press

लुकमनको ह्याट्रिकमा एट्लान्टाले जित्यो युरोपा लिग

बुधबार राति आयरल्यान्डको डब्लिनमा भएको खेलमा जर्मन क्लब बायर लेभरकुसनलार्य ३–०ले हराउँदै एटलान्टाले युरोपा लिग उपाधि जितेको हो।
लुकमनको ह्याट्रिकमा एट्लान्टाले जित्यो युरोपा लिग

काठमाडाैं, जेठ १० : एडेमोला लुकमनको सनसनीपूर्ण ह्याट्रिक गरेपछि एट्लान्टा युरोपा लिग च्याम्पियन बनेको छ। बुधबार राति आयरल्यान्डको डब्लिनमा भएको खेलमा जर्मन क्लब बायर लेभरकुसनलार्य ३–०ले हराउँदै एटलान्टाले युरोपा लिग उपाधि जितेको हो।

योसँगै एट्लान्टाले ६१ वर्ष लामो उपाधिको खडेरी पनि तोडेको छ। यो उसको पहिलो युरोपियन लिगको उपाधि हो। पछिल्ला केही वर्षयता उत्कृष्ट प्रदर्शन गरेपनि ऊ घरेलु लिगमा इन्टर र एसी मिलानको छायाँमा थियो। यसअघि उसले लगातार तीन सिजन कोपा इटालियाको फाइनल हारेको छ।

Hardik ivf

खेलमा १२ औं मिनेटमा लुकमनले गोल गर्दै एट्लान्टालाई सुरुआती अग्रता दिलाए। २६औं मिनेटम डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै लुकमनले नै टिमको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–०को अग्रता लिएको एट्लान्टाले दोस्रो हाफ थप १ गोल गरेको थियो । सो गोल पनि लुकमनले नै ७५औं मिनेटमा गरेका थिए। योसँगै लुकमन १९७३ पछि युरोपियन फुटबलको फाइनलमा ह्याट्रि गर्ने पहिलो खेलाडी बनेका छन्।

यता, एट्लान्टासँगको यो हारसँगै लेभरकुसन यो सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको भने अपराजित रहँदै ट्रेबल जित्ने सपना पनि चकनाचुर भएको छ। यो सिजन बुन्डेस लिगा जितेको लेभकुसन फाइनलअघि ५१ खेलमा अपराजित थियो।

अब उसले अगामी आइतबार डिएफबी पोकलको फाइनल खेल्ने छ। जहाँ उसको प्रतिद्वन्द्वी वान एफसीके हुनेछ।

प्रकाशित मिति: ०९:४५ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्