Kathmandu Press

बुद्धका सन्देश पालना गरे राष्ट्रिय एकतामा बल पुग्छ : राष्ट्रपति पौडेल

उनका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’
बुद्धका सन्देश पालना गरे राष्ट्रिय एकतामा बल पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं, जेठ १० : राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धका प्ररेणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा नेपाली समाजमा आपसी सद्भाव र राष्ट्रिय एकतामा बल पुग्ने बताएका छन् । 

उनले शान्तिका प्रतीकका रुपमा विश्वभर सम्मान गरिने बुद्धको जन्मभूमि नेपाल हुनु नै नेपालीका लागि गौरवको विषय भएको बताए । बिहीबार २५६८ औँ बुद्ध जयन्तीका सन्दर्भमा शुभकामना सन्देशमार्फत् उनले भनेका छन्, ‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो ।

Hardik ivf

उनका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

राष्ट्रपति पौडेलले बुद्ध जयन्तीका अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न समेत आह्वान गरेका छन् । 
 
प्रकाशित मिति: ०८:२० बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्