राप्रपा केन्द्रीय कार्यसमितिको बैठक जेठ ११ देखि
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
काठमाडौं, जेठ ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक यही जेठ ११, १२ र १३ गते बस्ने भएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
‘आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक जेठ ११, १२ र १३ गते बस्ने निधो गरेको छ,’ उनले भने, ‘उक्त बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, सचिवालयको प्रतिवेदन लगायत विभिन्न समितिहरुको प्रतिवेदनको बारेमा छलफल भयो । केही समसामयीक राजनीतिक विषयमा समेत छलफल भएको छ।’
त्यस्तै, बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग कायमै राख्ने निर्णय गरेको लिङ्देनले बताए।












