Kathmandu Press

सहकारी पीडितको पक्षमा उभिने कांग्रेसको निर्णय, जेठ १३ गते विशाल प्रदर्शन गर्ने

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेसहकारी पीडितहरूको पक्षमा उभिने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए।
सहकारी पीडितको पक्षमा उभिने कांग्रेसको निर्णय, जेठ १३ गते विशाल प्रदर्शन गर्ने

काठमाडौं, जेठ ९ : नेपाली कांग्रेसले सहकारी पीडितको बचत फिर्ता नभएसम्मसडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेसहकारी पीडितहरूको पक्षमा उभिने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए।

Hardik ivf

सहकारी पीडितको बचत फिर्ताको माग र ठगीमा संलग्न रहेकामाथि अनुसन्धान गर्न माग गर्दै यही १३ गते विशाल प्रदर्शन गर्ने निर्णय गरेको महतले बताए।

‘देशभरि सहकारीका लाखौं बचतकर्ताहरू पीडित भएका छन्। त्यसलाई गम्भीरताका साथ लिँदै कांग्रेस पीडितको पक्षमा उभिने निर्णय गरेको छ। उहाँहरूको बचत फिर्ता नभएसम्म र अपचलन गर्नेहरूलाई कानुनी कारबाही नगरेसम्म हामीलै सडक र सदनबाट आन्दोलन गर्छौं,’ बैठकका निर्णय सुनाउँदै महतले भने, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको गोरखा मिडियामार्फत् विभिन्न सहकारीका झण्डै एक अर्ब रुपैयाँ दुरुपयोग भएको छ। गृहमन्त्री भएकै कारण उनीविरुद्ध सुरक्षा निकायबाट छानबिन हुन सकेको छैन, छानबिन अवरुद्ध गराइएको छ।’

त्यस्तै कांग्रेसले संसदमा सभामुखले खेलेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ। प्रधानमन्त्रीले संसदबाट जबर्जस्ती विश्वासको मत लिएको र त्यसमा सभामुखले पनि संसदीय मर्यादाको भूमिका निर्वाह नगरेको कांग्रेसको आरोप छ।

प्रकाशित मिति: २१:३४ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्