सम्पादकहरूकाे पत्र बुझ्दै प्रधानमन्त्रीले भने- अदालतको पुर्जीपछि सिरोहियालाई पक्रन स्वीकृति दिएको हुँ
सिरोहिया पक्राउबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाउन सम्पादकहरुको तर्फबाट प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार गएका थिए।
काठमाडौं, जेठ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउका लागि आफूले अनुमति दिएको भनाई राखेका छन्।
बुधवार सम्पादकहरुको संयुक्त पत्र बुझ्नेक्रममा प्रधानमन्त्री दाहालले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री प्रचण्डले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको बताए।
सिरोहिया पक्राउबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाउन सम्पादकहरुको तर्फबाट प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार गएका थिए।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले संपादकहरुको माग प्रति संवेदनशील रहेको बताउँदै भनेका थिए, ‘अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ।’
.
प्रकाशित मिति: १९:१० बजे, बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार