Kathmandu Press

विकल पौडेलविरुद्ध ६२ करोडको अर्को भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको दाबी गर्दै पौडेलविरुद्ध ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो।
विकल पौडेलविरुद्ध ६२ करोडको अर्को भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ ९ : पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको दाबी गर्दै पौडेलविरुद्ध ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो।

Hardik ivf

सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको आरोप अख्तियारले लगाएको छ। पौडेल विरुद्ध यसअघि दायर भएका थप दुईवटा मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छन् । उनले आर्जन गरेको गैरकानुनी सम्पत्ति जफत गरी त्यति नै जरिवाना र जेल सजाय गर्न अदालतसँग माग गरिएको छ।

यसअघि सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाइसकेको छ। उक्त मुद्दामा विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्न र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको छ।

यस्तै झुटा विवरण पेश गरी सरकारी ओहोदामा पुगेको तथा सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर मुद्दा फैसला हुनेक्रममा छन्।

अख्तियारले उनीमाथिको गैरकानुनको सम्पत्तिआर्जनको अनुसन्धान पनि अन्तिम चरणमा पुर्‍याएको छ।

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्