कैलाश सिरोहियालाई तीन दिन थुनामा राख्न अनुमति
धनुषा जिल्ला अदालतले नागरिकता प्रकरणमा पक्राउ परेका रिसोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
धनुषा, जेठ ९ : कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुना राख्न अनुमति दिएको छ।
धनुषा जिल्ला अदालतले नागरिकता प्रकरणमा पक्राउ परेका रिसोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
जिल्ला अदालतका न्यायाधीश चूडामणि खड्काको इजलासबाट करिब चार घण्टाको बहसपछि यस्तो अनुमति आएको हो।
सिरोहियालाई प्रहरीले काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो।
प्रकाशित मिति: १६:०४ बजे, बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार