कोशी विवादमा केदार कार्कीको नियुक्ति प्रक्रियाका कागजात झिकाइयो
सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा बुधबार भएको सुनुवाईपछि उक्त आदेश भएको हो।
काठमाडौं, जेठ ९ : कोसी सरकार गठन विवादमा सर्वाेच्च अदालतले यसअघि मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति प्रक्रिया लगायतका कागजात झिकाएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा बुधबार भएको सुनुवाईपछि उक्त आदेश भएको हो।
सुनुवाइकाक्रममा रिटमा विपक्षी बनाइएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट उपस्थित कानुनव्यवसायीले रिटलाई संवैधानिक इजलासमा पठाउन माग गरेका थिए।
संयुक्त इजलासले भने उक्त मागलाई अस्विकार गरेको छ । यो विवादमा अब अर्को पेशी तय गरी टुंगो लगाइने छ।
प्रकाशित मिति: १५:२१ बजे, बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार