Kathmandu Press

काभ्रेको महादेवटारमा दम्पतीको हत्या

प्रहरीका अनुसार महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको हो। मानबहादुरको शव पसल रहेको कोठा र श्रीमतीको शव भान्सा कोठामा फेला भेटिएको प्रहरीले जनाएको छ।
काभ्रेको महादेवटारमा दम्पतीको हत्या

काभ्रे, जेठ ९ : काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ।

प्रहरीका अनुसार महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको हो। मानबहादुरको शव पसल रहेको कोठा र श्रीमतीको शव भान्सा कोठामा फेला भेटिएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्