Kathmandu Press

प्रधानमन्त्रीलाई सम्पादकहरुको पत्र- राज्य सिर्जित त्राससँग कुनै सम्झौता नगर्ने चेतावनी

सम्पादकहरुले सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो? भन्ने प्रश्नसमेत उब्जाएका छन्।
प्रधानमन्त्रीलाई सम्पादकहरुको पत्र- राज्य सिर्जित त्राससँग कुनै सम्झौता नगर्ने चेतावनी

काठमाडौं, जेठ ९ : कान्तिपुर मिडिया ग्रुपका प्रकाशक कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा सम्पादकहरुले आपत्ति जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार एक पत्र लेख्दै राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनी संपादकहरुले दिएका छन्।

Hardik ivf

सम्पादकहरुले सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो? भन्ने प्रश्नसमेत उब्जाएका छन्।

‘जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं’, सम्पादकहरुको वक्तव्यमा भनिएको छ, ‘नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।’

प्रकाशित मिति: १४:३० बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्