Kathmandu Press

सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित होस् : अमेरिका

बुधबार एक सन्देश सामाजिक संजालमा राख्दै सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवादको अपेक्षा राखेको दूतावासले जनाएको छ।
सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित होस् : अमेरिका

काठमाडौं, जेठ ९ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउपछि नेपालस्थित अमेरिकन दूतावासले आफ्नो धारणा सार्वजनिक गरेको छ।

दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित हुनुपर्ने धारणा सार्वजनिक गरेको हो।

Hardik ivf

बुधबार एक सन्देश सामाजिक संजालमा राख्दै सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवादको अपेक्षा राखेको दूतावासले जनाएको छ।

‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्। कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौं,’ दूतावासद्वारा जारी सन्देशमा भनिएको छ ।

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्