Kathmandu Press

सिरोहियाको बयान सुुरु, बाहिर धकेलाधकेल

अदालत बाहिर कडा सुरक्षा घेराविच प्रदर्शन र धकेलाधकेल भइरहेको छ। हिरासतमा रहेका सिरोहियालाई प्रहरीले बयान र समय थपका लागि अदालतमा लगेको हो।
सिरोहियाको बयान सुुरु, बाहिर धकेलाधकेल

काठमाडौं, जेठ ९ : दोहोरो नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको अहिले धनुषा जिल्ला अदालतमा बयान चलिरहेको छ।

अदालत बाहिर कडा सुरक्षा घेराविच प्रदर्शन र धकेलाधकेल भइरहेको छ। हिरासतमा रहेका सिरोहियालाई प्रहरीले बयान र समय थपका लागि अदालतमा लगेको हो।

Hardik ivf

जनकपुर वाणिज्य संघको नेतृत्वमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी सिरोहियालाई रिहा गर’ जस्ता नारा लगाइरहेका बेला प्रहरीसँग धकेलाधकेल समेत भएको छ।

पक्राउको विरोधमा भएको प्रदर्शनमा उद्योगी, व्यवसायी, नेपाल तरुण दल, नेविसंघलगायत संघ संस्था सहभागी छन्।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरको जनाइएको छ। अदालत बाहिर ठूलो संख्यामा प्रहरी तैनाथ रिएको छ।

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्