Kathmandu Press

सिरोहिया निर्दोष भए अदालतबाटै छुट्नुहुन्छ : प्रधानमन्त्री

‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रियामा रहेको मैले बुझेको छु, यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन,’ उनले भने।
सिरोहिया निर्दोष भए अदालतबाटै छुट्नुहुन्छ : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं, जेठ ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले कैलाश कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले प्रक्रिया अघि बढाउन भनेका कारण पक्राउ गरिएको बताएका छन्।

चन्द्रागिरीमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले उक्त भनाई राखेका हुन्।

Hardik ivf

प्रधानमन्त्री दाहालले सरकारले रिसिइबी साँधेको भनेर आएको कुरा गलत भएको पनि बताए। अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको उनको भनाई थियो।

‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रियामा रहेको मैले बुझेको छु, यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन,’ उनले भने।

लामिछाने कान्तिपुरविरुद्ध व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप पनि गलत रहेको प्रचण्डले बताए ।

‘त्यो मान्छेले भन्ने कुरा हो। यो अब अदालती प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ, यो हल नै भइहाछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ।’

 

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्