Kathmandu Press

जलवायु परिवर्तनको असर खेपिरहेको नेपाललाई न्याय दिलाउन प्रधानमन्त्रीको आव्हान

‘हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका जनता र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,’ प्रधानमन्त्रीले भने, ‘जोडदारसँग हामी न्यायको माग गर्दछौं।’
जलवायु परिवर्तनको असर खेपिरहेको नेपाललाई न्याय दिलाउन प्रधानमन्त्रीको आव्हान

काठमाडौं, जेठ ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको नकारात्मक असरमा न्याय पाउनुपर्ने बताएका छन्। पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गर्नुपर्ने पनि प्रधानमन्त्री दाहालले चर्चा गरे।    

बुधबार काठमाडौंको चन्द्रागिरीमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले पर्वतीय देशहरूका नागरिकमा देखा परेको भयावह असरको सम्बोधन हुनुपर्ने भनेर सहभागीको ध्यानाकर्षण गराए।

Hardik ivf

‘हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका जनता र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,’ प्रधानमन्त्रीले भने, ‘जोडदारसँग हामी न्यायको माग गर्दछौं।’

स्थानीय नेतृत्वमा विज्ञानमा आधारित पर्याप्त, पूर्वानुमानयोग्य र पहुँचयोग्य कोष र प्रविधिको वितरण आवश्यक भएको उल्लेख गर्दै दाहालले समान र पारदर्शी तरिकाले हानी र क्षतिको कोषको पूर्ण सञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्ने बताए।

पेरिस सम्झौताप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सन् २०४५ सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता पूरा गर्ने अठोट गरे।  

‘स्वच्छ ऊर्जा सुरक्षित गर्न हामी जलविद्युत सम्भावनाको पूर्ण उपयोग गर्नेछौं। पहिले नै ४५ प्रतिशत वन क्षेत्रको जमिन सुरक्षित गर्दै छौं,’ दाहालले भने।
दाहालले पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकीय प्रणाली र पर्वतीय बासिन्दाहरूको संरक्षणका साथै जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन  सबैलाई एक हुन आग्रह पनि गरेका छन्।

‘पर्वत, पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकीय प्रणाली र पर्वतीय बासिन्दाहरूको संरक्षण र प्रबद्र्धन गर्नका लागि हाम्रो सामूहिक प्रयासमा सामेल होऔं,’ उनले भनेका छन्, ‘पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गरौं।’

संवादले पर्वतीय देशहरूका सरकारहरू र सरोकारवाला निकायहरुलाई पर्वतीय–जलवायु चिन्ता र समाधानहरूलाई राम्रोसँग बुझ्न, विशेषज्ञता र अनुभवहरू साझेदारी गर्ने विश्वास दाहालको छ।

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्