Kathmandu Press

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताबीच मध्यस्थताको काम गर्ने जनाइएको छ।
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै
मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्याल।

काठमाडौं, जेठ ८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।

रोजगारीको खोजीमा रहेका व्यक्तिको रोजगारदातासमक्ष सहज पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको हो।

श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुआत मात्रै भएको र यसले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहजरुपमा पुग्न सहज हुने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा मेलालाई जिल्ला, स्थायिन र वडासम्म पनि पु¥याउन सकिने बताए।

Hardik ivf

श्रममन्त्री अर्यालले मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको बताए।

‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने बिषयमा जानकारी पाउन सक्नेछन,’ उनले भने, ‘त्यसैगरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउन सकिनेछन्।’

मेला जेठ १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ। नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताबीच मध्यस्थताको काम गर्ने जनाइएको छ।

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका नागरिकलाई जोड्ने पुलको रुपमो काम गर्ने श्रममन्त्री अर्यालको भनाई छ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिम प्रदायक संस्थाको पनि सहभागिता रहनेछ। साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ।

सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल व्यवसायी महासंघको पनि मेला स्टल राखिनेछ।

मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ भने मधेस प्रदेशको वीरगञ्जमा जेठ १९ र २० गते सञ्चालन हुनेछ।

गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा बुटवलमा जेठ २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बागमती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।

प्रकाशित मिति: २१:०१ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्