Kathmandu Press

कार्यालयबाटै कैलाश सिरोहिया पक्राउ, विरोधमा नाराबाजी

कार्यकक्षबाटै प्रहरीले सिरोहिलाई पक्राउ गरेपछि त्यहाँ प्रहरीको विरोधमा नाराबाजी भएको थियो। उनीहरुले गृहमन्त्री रवि लामिछानेको पनि राजीनामा मागेका थिए।
कार्यालयबाटै कैलाश सिरोहिया पक्राउ, विरोधमा नाराबाजी

काठमाडौैं, जेठ ८ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट प्रक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी नेतृत्वको टोलीले सिरोहियालाई पक्राउ गरेको हो।

Hardik ivf

कार्यकक्षबाटै प्रहरीले सिरोहिलाई पक्राउ गरेपछि त्यहाँ प्रहरीको विरोधमा नाराबाजी भएको थियो। उनीहरुले गृहमन्त्री रवि लामिछानेको पनि राजीनामा मागेका थिए।

कान्तिपुरमा प्रकाशित समाचारलाई प्रतिशोधको विषय बनाएर आफूलाई गिरफ्तार गरिएको सिरोहियाले पक्राउ परेपछि प्रतिक्रिया दिए। उनले यो सरकारको नव अधिनायकवादको शैली हो, सरकार निरंकुशताफर्त अघि बढेको बताएका छन्।

सिरोहियाको च्याम्बरमा वरिष्ठ अधिवक्ता शम्भु थापा तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितका पदाधिकारी, मिडिया सोसाइटी अध्यक्ष शुभशंकर कँडेलसहितको टोली पनि पुगेको थियो ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो।

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्