सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरको कार्यालयमा
बर्दीमा रहेका प्रहरी सेन्ट्रल बिजनेस पार्कको भुइँतलामा छन् भने आठौं तलामा रहेको सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन्।
काठमाडौैं, जेठ ८ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली थापाथलीस्थित कान्तिपुरको कार्यालय पुगेको छ।
मंगलबार अपरान्ह काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुरको कार्यालयन पुगेको हो।
बर्दीमा रहेका प्रहरी सेन्ट्रल बिजनेस पार्कको भुइँतलामा छन् भने आठौं तलामा रहेको सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन्।
सिरोहियाको च्याम्बरमा वरिष्ठ अधिवक्ता शम्भु थापा तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितका पदाधिकारी, मिडिया सोसाइटी अध्यक्ष शुभशंकर कँडेलसहितको टोली रहेको छ। सिरोहियाले न्युज रुपमा आफ्नो कुरा राखेपछि गिरफ्तारी दिने बताएका छन्।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो।












