Kathmandu Press

पक्राउ पुर्जीविरुद्ध सिरोहिया सर्वोच्चमा 

पक्राउ पुर्जीविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको जनाइएको छ।
पक्राउ पुर्जीविरुद्ध सिरोहिया सर्वोच्चमा 

काठमाडौं, जेठ ८ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन्। जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

पक्राउ पुर्जीविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा दर्ता भएको जाहरीमा सिरोहियाविरुद्ध पक्रउ पुर्जी जारी भएको थियो। 

Hardik ivf

अनुसन्धानका लागि भन्दै धनुषा प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो। पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नभएको दाबी रिट निवेदनमा गरिएको छ। 

पक्राउ पुर्जी असंवैधानिक भएकाले अन्तरिम आदेश मार्फत राक लगाउन सिरोहयिाको माग छ। 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, जेठ ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्