परराष्ट्रमन्त्री श्रेष्ठसँग ३९ रोपना ५ आना जग्गा र बैंकमा १ लाख २२ हरजार रुपैयाँ
बैंक खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ रहेको श्रेष्ठको विवरणमा उल्लेख छ। मन्त्री श्रेष्ठले आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएको गाडी प्रयोग गरिरहेको पनि विवरणमा खुलाएका छन्।-1707828077.jpg)
काठमाडौं, जेठ ८ : २०५८ सालमै पार्टीलाई सबै सम्पत्ति हस्तान्तरण गर्ने घोषणा गरेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग अझै कुल ३९ रोपनी ५ आना ४ दाम पैतृक सम्पत्ति रहेको सम्पत्ति विवरणबाट देखिएको छ।
बैंक खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ रहेको श्रेष्ठको विवरणमा उल्लेख छ। मन्त्री श्रेष्ठले आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएको गाडी प्रयोग गरिरहेको पनि विवरणमा खुलाएका छन्।
बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी पार्टी अध्यक्ष दाहालले उपलब्ध गराएको उनको विवरणमा जनाइएको छ।
श्रेष्ठको गोरखास्थिते सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा तीन कित्ता जग्गा समेत देखिएको छ।
प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












