Kathmandu Press

कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ : ओली

राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै ओलीले अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु रहेको बताए। 
कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ : ओली
फाइल तस्बिर।

मोरङ, जेठ ८ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई पविर्तन गर्नुपर्ने बताएका छन्। 

मंगलबार बिहान विराटनगर पुगेका ओलीले पत्रकारहरुसँग कुरकानी गर्दै आफूलाई परिवर्तन गर्दै संसद्को गतिरोध अन्त्य गर्न कांग्रेससँग आग्रह गरे। 

Hardik ivf

राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै ओलीले अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु रहेको बताए। 

उनले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे।

प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्