Kathmandu Press

श्रममन्त्री अर्यालको सहकारीमा डेढ करोड, ३ करोडको घर 

अर्यालले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा जनसागर सहकारीमा १ करोड ५० लाख नगद जम्मा भएको उल्लेख छ। आफुले व्यापारबाट उक्त रकम आर्जेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। 
श्रममन्त्री अर्यालको सहकारीमा डेढ करोड, ३ करोडको घर 

काठमाडौं, जेठ ८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको सम्पत्ति विवरणमा सहकारीमा १ करोड ५० लाख नगद जम्मा रहेको तथ्य सार्वजनिक भएको छ। 

अर्यालले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा जनसागर सहकारीमा १ करोड ५० लाख नगद जम्मा भएको उल्लेख छ। आफुले व्यापारबाट उक्त रकम आर्जेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। 

Hardik ivf

प्राइम बैंकमा १३, राष्ट्रिय वाणिज्य बैंकमा ४ र मेगा बैंक बैंकमा एक लाख नगद मौज्जाद रहेको सम्पत्ति विवरणमा उल्लेख छ। 

मन्त्री अर्यालले श्रीमती अम्बिका केसीको नाममा ग्लोबल आइएमइ बैंकमा ५० लाख र हिमालयन बैंकमा २० लाख नगद मौज्दात रहेको विवरण समेत खुलाएका छन्। 

यस्तै, धादिङका विभिन्न स्थानमा ८ आना, भक्तपुरमा ८ आना र लमजुङमा १० रोपनी २८ आना जग्गा रहेको विवरण पनि उल्लेख गरेका छन्। काठमाडौंमा ३ करोड रुपैयाँ मूल्यको घर रहेको समेत विवरणमा जनाइएको छ। 

भक्तपुरमा रहेको ८ आना जग्गा उनकै नाममा रहेको छ भने श्रीमती अम्बिकाको नाममा काठमाडौंका विभिन्न स्थानमा २२ आना जग्गा रहेको जनाइएको छ। 

१ करोड २५ लाखको प्राडो कार, श्रीमतिसँग ४३ लाखको टाटा नेक्सन ईभी रहेको अर्यालले उल्लेख गरेका छन्।
 
प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्