Kathmandu Press

गृहमन्त्रीको सम्पत्ति : बुढानिलकण्ठमा ३ करोड ७५ लाखको जग्गा, ८० तोला सुन र काठमाडौंमै १० रोपनी जग्गा

उनले पत्नी निकिताको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा १० रोपनी जग्गा, उनकै नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर, पत्नीकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको पनि उल्लेख गरेका छन्।
गृहमन्त्रीको सम्पत्ति : बुढानिलकण्ठमा ३ करोड ७५ लाखको जग्गा, ८० तोला सुन र काठमाडौंमै १० रोपनी जग्गा

काठमाडाैं, जेठ ८ : उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आफूसँग बुढानिलकण्ठमा ३ करोड ७५ लाख रुपैयाँमा किनको ५ आना जग्गा र खातामा १ लाख १० हजार रुपैयाँ रहेको खुलाएका छन्। 

मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणमा लामिछानले आफूसँग करिब ८० तोला सुन र चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख गरेका छन्।

Hardik ivf

यस्तै, उनले पत्नी निकिताको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा १० रोपनी जग्गा, उनकै नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर, पत्नीकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको पनि उल्लेख गरेका छन्।

गृहमन्त्री लामिछानेले पत्नी निकिता नाममा ४२ लाख रुपैयाँमा कार र पाँच लाख ५८ हजारभन्दा बढी नगद रकम उल्लेख गरेका छन्। 

रविले घर किन्नका लागि एक करोड ५० लाख बैंकबाट ऋण लिएको पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: १६:०६ बजे, मंगलबार, जेठ ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्