'सत्ता र शक्तिको दुरुपयोग गरेर प्रतिशोध साँध्न खोजियो'
पक्राउ पुर्जीलाई लिएर सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री रवि लामिछानेको तयारीका रुपमा बुझेको भनाई आफ्नो वक्तव्यमा राखेका छन्।
काठमाडौं, जेठ ८ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी आफुमाथि प्रतिशोध साँध्न खोजिएको बताएका छन्।
सिरोहियाले गृहमन्त्री रवि लामिछानेको प्रतिवाद गर्दै यस्तो भनाई राखेका हुन्। सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ। नागरिकताको विवादमा पक्राउ पुर्जी जारी गरिएको हो ।
पक्राउ पुर्जीलाई लिएर सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री रवि लामिछानेको तयारीका रुपमा बुझेको भनाई आफ्नो वक्तव्यमा राखेका छन्।
सिरोहियाले यसअघि पनि समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको समेत बताएका छन्।
आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै उनले बेथितिको ढाकछोप प्रयास नगर्न चेतावनी समेत वक्तव्यमार्फत दिएका छन्।