Kathmandu Press

अर्न सल्ट बने लिभरपुलको प्रशिक्षक

सल्टले जुन १ बाट औपचारिक रुपमा एन्डफिल्ड क्लब लभरपुलको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन्। 
अर्न सल्ट बने लिभरपुलको प्रशिक्षक

काठमाडाैं, जेठ ८ : डच प्रशिक्षक अर्न सल्ट इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक बनेका छन्। ४५ वर्षीय सल्टले लिभरपुलमा योर्गेन क्लोपको स्थान लिने छन्। 

क्लोपले क्लब छाडेको २४ घण्टा नबित्दै लिभरपुले सल्टलाई नियुक्त गरेको हो। सल्टले जुन १ बाट औपचारिक रुपमा एन्डफिल्ड क्लब लभरपुलको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन्। 

सन् २०१५मा लिभरपुल आएका क्लोपले अइतबार भएको लिगको अन्तिम खेलसँगै क्लब छाडेका थिए। क्लोपको प्रशिक्षणम लिभरपुलले प्रिमियर लिगसँगै च्याम्पियन्स लिग पनि जितेको थियो।

क्लोपको लिभरपुललाई दिलाएका सफलता दोहो¥याउन सल्टलाई चुनौतीपूर्ण हुनेछ।

सल्ट यसअघि डच क्लब फियनउर्डका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा फियनउर्डले डच लिग दोस्रो स्थानमा सकाउँदै च्याम्पियन लिगमा स्थान पक्का गरेको थियो।

सल्टले लिभरपुलसँग ३ वर्षको सम्झौता गरेका छन्। उनले प्रतिपर्ष ७.७ मिलियन पाउण्ड पाउने छन्, त्यो रकम बोनसहित ९.४ मिलियन पाउण्डसम्म पुग्नेछ।

प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्