Kathmandu Press

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक ११ गते 

नराबाजीकै बीच मार्सल लगाएर प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेश गरेका थिए भने सभामुखले नाराबाजीकैबीच सर्वमम्मतिले पारित भएको घोषणा गरेका थिए। 
प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक ११ गते 

काठमडौं, जेठ ८ : सोमबार बसेको प्रतिनिधिसभा बैठक स्थागित भएको छ। 

सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरुको नाराबाजीकाबीच संसद चलाएका थिए। नराबाजीकै बीच मार्सल लगाएर प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेश गरेका थिए भने सभामुखले नाराबाजीकैबीच सर्वमम्मतिले पारित भएको घोषणा गरेका थिए। 

Hardik ivf

मंगलबारकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् भने गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल विभाजनसम्बनधी संसदमा टेवल भएको अध्यादेश फिर्ता लिएका थिए।

नाराबाजीकै बीच सभामुख घिमिरेले आजका निम्ति तय सबै कार्यसूचीमा हटाउँदै प्रतिनिधिसभा बैठक स्थगित भएको घोषणा गरे। 

सभामुख घिमिरेले जेठ ११ गतेको ११ बजेका लागि बैठक बोलाएका छन्। सो सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको पनि उनले जानकारी गराएका थिए। 

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्