गण्डकी सरकार विवादमा सर्वोच्चमा सुनुवाई जारी
नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डीक प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध दायर गरेको रिटमा मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको हो।
काठमाडौं, जेठ ८ : गण्डकी प्रदेश सरकार गठन विवादमा दायर भएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डीक प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध दायर गरेको रिटमा मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको हो।
उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई दिर्घकालिन महत्वका निर्णय नगर्न गत वैशाख २८ गते अन्तरिम आदेश जारी गरेको थियो।
प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार