कांग्रेसको अवरोधबीच अघि बढे सभामुख घिमिरे
मर्यादापालकको सुरक्षाबीच प्रधानमन्त्री दाहालले रोस्टर्मममा पुगेर नीति तथा कार्यक्रम टेबल गरिसकेका छन्।
काठमाडौं, जेठ ८ : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडी बढाएका छन्।
विगत दुई महिनादेखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसद अवरोध गर्दै आएको छ।
कांगेसको अवरोधकाबीच सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिएका थिए।
मर्यादापालकको सुरक्षाबीच प्रधानमन्त्री दाहालले रोस्टर्मममा पुगेर नीति तथा कार्यक्रम टेबल गरिसकेका छन्।
सभामुख घिमिरले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पनि पारित गरेका छन्।
प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












