आफ्ना नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
‘उहाँ (गृहमन्त्री)ले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो माननीय त्यो देखाउननुस् हामी गलहत्याउन तयार छौं,’ उनले भने, ‘होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउने काममा चुक्ने छैनौं।’
काठमाडौं, जेठ ८ : पार्टीका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न नेपाली कांगेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले चुनौती दिएको छ।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद तथा सहमहामन्त्री बद्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए।
‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो म चुनौती दिन चाहन्छु, गृहमन्त्री र सरकारलाई कस्तो टीओआर बनाउनुपर्ने हो बनाउनुस्,’ उनले भने, ‘हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस्। छानबिनको समय पनि तोक्नुस् र छानबिनको निचोड हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका कोकोलाई कारबाही गर्न सक्नुहुन्छ।’
उनले देशको सूचना बेच्ने एजेण्ट भनेको व्यक्ति देखाउन पनि चुनौती दिए। उनले देशको सूचना बच्ने एजेन्ट देखादिए उसलाई गलत्याउन तयार रहेको बताए।