Kathmandu Press

‘पुजार सार्की’ रिलिज हुनै लाग्दा पलमाथि प्रहरीको धरपकड !

‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ,’ पलले अगाडि लेखेका छन्, ‘यसअघि पनि तपाईंले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ।’
‘पुजार सार्की’ रिलिज हुनै लाग्दा पलमाथि प्रहरीको धरपकड !

काठमाडौं, जेठ ८ : फिल्म ‘पुजार सार्की’ यही जेठ १० गतेबाट रिलिज हुँदैछ।

फिल्म रिलिजको छेको पारेर फिल्मका नायक पल शाहले प्रहरीले आफूलाई धरपकड गरेको दुई तस्वीर सार्वजनिक गरेका छन । यी तस्वीर वास्तविक नभई फिल्मको दृश्य हुन्।

Hardik ivf

उनले मंगलबार बिहान फेसबुकमा सार्वजनिक गरेको तस्वीरमा पललाई वृद्ध अवस्थाको लुक्समा देखाइएको छ। तस्वीरमा उनलाई प्रहरीले जबरजस्ती पक्राउ गर्न खोजेको देखिन्छ। उनले आफूलाई फिल्मको मेघराज खत्री पात्रका रुपमा चिनाएका छन्। 

‘चलचित्र ‘पुजार सार्की’ रिलिज हुन अब मात्र दुई दिन बाँकी छ। मेरो करिअरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु। मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन,’ उनले लेखेका छन्।

पलले पुजार सार्कीमा आफ्नो भूमिका गहन र अर्थपूर्ण रहेको बारे यही तस्बिरबाट थाहा पाउन सकिने बताएका छन्। 

‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ,’ पलले अगाडि लेखेका छन्, ‘यसअघि पनि तपाईंले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ।’

दिनेश राउत निर्देशित फिल्ममा पलसँगै प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतका कलाकारको अभिनय छ। 

प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्