संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
सोमबार बिहान कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षबिहीन बनेको छ।
काठमाडौं, जेठ ८ : सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ।
सोमबार बिहान कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षबिहीन बनेको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानविन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछाने र सूर्यदर्शन सहकारीलगायतका सहकारीको नामै उल्लेख गर्नुपर्ने बताउँदै आएको छ भने सत्तापक्ष नाम किटान गरेर नभइ समग्रमा सहरकारीको छाविन गर्ने पक्षमा छ।
बैठक सकारात्मक भएको बताउँदै एमाले प्रमुख सतेक महेश बर्तौलाले सहमतिको मध्यविन्दू खोजेर अघि बढ्ने सहमति भएको बताए।
कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन।












