Kathmandu Press

‘संविधानलाई पूर्णता दिन स्थिर सरकार आवश्यक’

‘संविधानलाई पूर्णता दिन स्थिर सरकार आवश्यक’

काठमाडौंं, जेठ ७ः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मुलुकको वर्तमान राजनीतिक संरचनाले आत्मनिर्भर निर्णय लिनसक्ने नभएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित वेपत्ता योद्धा र शक्ति प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधानमा कैयौं कुरा अपूर्ण रहेकाले त्यसलाई पूर्णता दिन जरुरी रहेको भन्दै नेपालमा पाँच वर्ष स्थिर सरकार रहने परिकल्पनाको पनि आवश्यक रहेको बताए।

Hardik ivf

उनले भने, ‘अहिलेको राज्य जुन छ, यसैमा बस्छु भन्यो भने देशमा भंयकर ठूलो समस्या आउँछ। निकट भविष्यमा आउने छ। किन कि त्यो हाम्रो मात्र चाहनामा छैन। यसको जस्ता खालका संरचना छन्, जस्तो खालका यसका विशेषताहरु देखिएका छन्। यति सजिलो छ यहाँ राजनीतिक व्यापार गर्न। त्यसलाई अहिले भइराखेका नेताहरुले थेग्न सक्छन्? भन्दा त्यो उनीहरुको चाहाना र शक्तिभित्र नपर्न सक्छ। त्यसैले यसलाई स्थिरता दिने हो। ठोस मूर्त गर्ने हो। कैयौं कुरा अपूर्ण छ संविधानमा त्यसलाई पूर्णता दिन जरुरी छ। नेपालमा पाँच वर्ष स्थिर सरकार रहने परिकल्पना गर्न पनि आवश्यक छ।’

उनले नेपालको राजनीतिक आन्दोलन आत्मनिर्भर बन्न नसक्दा पार्टीहरु जुट्ने र फुट्ने प्रक्रिया चलिरहेको बताए। सरकार ढल्ने बन्ने भन्ने कुरा कतै न कतैबाट प्रभावित हुने भन्दै पार्टी र नेताहरुले आत्मनिर्भर तरिकाले निर्णय लिन नसक्नु दुखद् विषय रहेको उनको भनाइ छ।

‘देशमा पार्टीहरु जुटिराखेका छन्, फुटिराखेका पनि छन्। ती सबैको विश्लेषणको पछाडि के छ भने नेपालको राजनीतिक आन्दोलन आत्मनिर्भर बन्न सकेको छैनन्। नेपालको राजनीतिक आन्दोलन देशलाई केन्द्रविन्दुमा राखेर जान सकिराखेको छैन्। पार्टी र नेताहरुले आत्मानिर्भर तरिकाले निर्णय लिन सकेको छैनन्। सरकार ढल्ने बन्ने भन्ने कुरा कतै न कतैबाट प्रभावित हुन्छन्,’ उनले भने।

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्