प्रधानमन्त्रीले विश्वासको मत लिँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित
काठमाडौं, जेठ ७ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सत्ता पक्षकै तीन सांसद अनुपश्थित भएका छन् ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिको मागसहित प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलले गरेको घेराउ र नराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए।
एमालेसँगको सत्ता गठबन्धन निर्माण गरेपछि प्रधानमन्त्रीले दोस्रोपटक विश्वासको मत लिएका थिए।
विश्वासको मतमा कुल १५८ सांसदले भाग लिए पनि सत्ता गठवन्धनभित्र रहेका एकीकृत समाजवादीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र एमालेका वसन्त नेम्वाङ अनुपस्थित रहेका थिए।
प्रकाशित मिति: १४:३३ बजे, सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउबिहीबार, मंसिर १३, २०८१
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्टबिहीबार, मंसिर १३, २०८१
गृहले स्थापना गर्याे गुनासो सुनुवाई कक्षबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई ल्याइयो काठमाडौंबिहीबार, मंसिर १३, २०८१