Kathmandu Press

कांग्रेसको अवरोध असंसदीय कार्य : प्रधानमन्त्री दाहाल

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सदनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेकामा चिन्ता व्यक्त गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको उक्त कार्य गलत भएको टिप्पणी गरे । 
कांग्रेसको अवरोध असंसदीय कार्य : प्रधानमन्त्री दाहाल

काठमाडौँ, जेठ ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सदनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेकामा चिन्ता व्यक्त गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको उक्त कार्य गलत भएको टिप्पणी गरे । 

Hardik ivf

“विपक्षीलाई समेत सहमतिकम लिएर आफू अगाडि बढ्न खोजिरहेको अवस्थामा तपाईंहरुले जुन खालको व्यवहार प्रदर्शन गरेका छन्, यो बहुत गलत गर्नुभएको छ भन्ने मलाई लागेको छ ।

इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई साथ दियो, त्यही प्रधानमन्त्रीलाई यस प्रकारको व्यवहार गर्नुभएको छ, यो घटना संसदीय इतिहासमा कलङ्कका रुपमा स्थापित हुनेछ”, प्रधानमन्त्री दाहालले भने । 
 
 उनले आफूलाई विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्ने नेकपा (एमाले) सहित अन्य दल र सांसदलाई धन्यवाद दिए। प्रमुख प्रतिपक्षीको अवरोधका बीच विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियाबाट टुङ्गो लगाइँदैछ । 

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्