Kathmandu Press

नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री

घेराउ र विरोधकै बीच प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

काठमाडौं, जेठ ७ः प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको घेराउका र विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत लिने तयारी गरेका छन्।

कांग्रेसलगायतका विपक्षी दलहरूले वेल घेराउ गरेर नाराबाजी गर्दा प्रधानमन्त्री प्रचण्डले रोष्ट्रमबाट विश्वासको मत मागेका हुन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका छन्।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, जेठ ७, २०८१