घेराउ र विरोधकै बीच प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

काठमाडौं, जेठ ७ः प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको घेराउका र विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत लिने तयारी गरेका छन्।
कांग्रेसलगायतका विपक्षी दलहरूले वेल घेराउ गरेर नाराबाजी गर्दा प्रधानमन्त्री प्रचण्डले रोष्ट्रमबाट विश्वासको मत मागेका हुन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका छन्।
प्रधानमन्त्रीलाई मर्यादापालकको सहायतामा रोष्ट्रममा लगिएको थियो। अहिले एमाले नेता एवम् सांसद विष्णु पौडेल बोलिरहेका छन्।
प्रकाशित मिति: १२:३४ बजे, सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












