Kathmandu Press

कांग्रेसको अवरोधबीच मर्यादापालक लगाएर प्रधानमन्त्री मागे विश्वासको मत

कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
कांग्रेसको अवरोधबीच मर्यादापालक लगाएर प्रधानमन्त्री मागे विश्वासको मत
Hardik ivf

काठमाडौं, जेठ ७ : प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन् । 

कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएर सुरू भएकाे बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

कांग्रेसको अवरोधकाबीच मर्यादापालक लगाएर प्रधानमन्त्रीलाई रोष्ट्रम पुर्‍याइएको छ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका थिए।

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्