Kathmandu Press

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका थिए । कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, जेठ ७ : प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका थिए । कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

Hardik ivf

कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ । 

बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने र प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको थियो । 

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्