हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु

काठमाडौं, जेठ ७: इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटना मृत्यु भएको छ। राष्ट्रपति रैसीलगायत हेलिकप्टरमा सवार सबै यात्रुको मृत्यु भएको इरानी समाचार एजेन्सी मेहरले जनाएको छ।
विदेश मन्त्रीसमेत रहेका राष्ट्रपति रैसीको मृत्युको पुष्टी भइसकेपनि सरकारका तर्फबाट घोषणा हुन भने बाँकी नै रहेको रोयटर्सले जनाएकाे छ।
अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति: १०:३८ बजे, सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
