Kathmandu Press

स्रोत नजुटे सुन्दर गणतन्त्र चलाउन सकिँदैन : मन्त्री जोशी

अब पनि सरकारले स्रोतको दायरा बढाउन सकेन भने सुन्दर व्यवस्था भनिएको संघीय लोकतान्त्रिक गणतन्त्र चलाउन समस्या आउन सक्ने उनको तर्क थियो। 
स्रोत नजुटे सुन्दर गणतन्त्र चलाउन सकिँदैन : मन्त्री जोशी

काठमाडौं, जेठ ६ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सरकार अहिले पनि २४ खर्ब ऋणमा रहेको भन्दै तीन तहको सरकारले स्रोत जुटाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन्। 

आइतबार पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले सरकारले विकासे बजेट तर्फ करिब तीन खर्ब रुपैयाँ छुट्याएको भएपनि  ६० प्रतिशतसम्म खर्च गर्न नसकिएको बताए। 

Hardik ivf

‘सरकार अहिले करिब २४ खर्ब ऋणमा छ। हाम्रो वार्षिक बजेट करिब १७ खर्बको छ। जसमध्ये हामी ११ खर्ब राजश्व उठाउँछौं । ऋणको साँवा ब्याज बुझाउनलाई भने वित्तीय व्यवस्थापन भन्ने छ । त्यो शीर्षकमा करिब तीन खर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्नुपर्ने छ,’ उनले भने, ‘विकास बजेट तीन खर्ब मात्र रहेको छ। जुन कुल बजेटको चानचुन १७ प्रतिशत मात्र हो। समग्रमा छुट्याइएको बजेटको ६० प्रतिशत बजेट समेत खर्च हुने स्थिति छैन। स्रोत जुटाउन समस्या भइरहेको छ।’

अब पनि सरकारले स्रोतको दायरा बढाउन सकेन भने सुन्दर व्यवस्था भनिएको संघीय लोकतान्त्रिक गणतन्त्र चलाउन समस्या आउन सक्ने उनको तर्क थियो। 

त्यस्तै, जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बनिधत नीति र ऐन बनाउने कुरामा प्रतिवद्ध रहेको बताए। 
 

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्