Kathmandu Press

‘सत्तापक्ष संसदीय समिति बनाउन जिम्मेवारपूर्ण रुपमा प्रस्तुत भएन, झारा टार्ने समिति मान्दैनौं’

‘सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो। संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन।’
‘सत्तापक्ष संसदीय समिति बनाउन जिम्मेवारपूर्ण रुपमा प्रस्तुत भएन, झारा टार्ने समिति मान्दैनौं’

काठमाडौं, जेठ ६ : सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा सत्तापक्ष जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप कांग्रेसले लगाएको छ।

सरकार संसदीय समिति बनाउन तयार भए पनि आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। यही विषयले समितिको कार्यादेशमा सहमति नजुटेको उनले बताए। 

Hardik ivf

‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ। त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ,’ संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो। संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन।’

प्रमुख सचेतक लेखकले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने भन्ने कुरा उल्लेख गरेर जानुपर्ने आफूहरूको धारणा रहेको बताए।

जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाउँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ, यसको बारेमा पनि छानबिन गरेर जाउँ भन्दा सत्ता पक्ष तयार नभएको उनले बताए।

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्