Kathmandu Press

प्रतिनिधिसभा बैठक दोस्रो पटक सर्‍यो, आज साढे ४ बजे बस्दै

आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि साढे ४ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए। 
प्रतिनिधिसभा बैठक दोस्रो पटक सर्‍यो, आज साढे ४ बजे बस्दै

काठमाडौं, जेठ ६ : प्रतिनिधिसभाको बैठक दोस्रो पटक सरेको छ।

सहकारी ठगीका विषयमा बनाउन लागिएको संसदीय छानविन समितिको कार्यादेशमा दलहरुबीच सहमति हुन नसेपछि प्रतिनिधिसभाको बैठक दोस्रो पटक सारिएको हो। 

Hardik ivf

आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि साढे ४ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरुको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे दलहरू सहमत भएपनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन। 

छानबिन समितिको कार्यादेशबारे अहिले पनि दलहरू छलफलमै छन्। 

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्