राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित
आइतबार दिउँसो १ः१५ मिनेटमा बोलाइएको अपराह्न ३ः१५ मा बस्ने गरी सारिएको थियो। तर, दलहरुबीच अझै कार्यादेशमा सहमति हुन नसकेपछि स्थागित गरिएको छ।
काठमाडौं, जेठ ६ : राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थागित भएको छ।
सहकारी ठगीका विषयमा बनाउन लागिएको संसदीय छानविन समितिको कार्यादेशमा दलहरुबीच सहमति हुन नसेपछि राष्ट्रिय सभा बैठक आइतबार बस्दै नबसी स्थगित भएको हो।
आइतबार दिउँसो १ः१५ मिनेटमा बोलाइएको अपराह्न ३ः१५ मा बस्ने गरी सारिएको थियो। तर, दलहरुबीच अझै कार्यादेशमा सहमति हुन नसकेपछि स्थागित गरिएको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि (सोमबार) दिउँसो १ः१५ बस्नेगरी बोलाएका छन्।
प्रकाशित मिति: १६:०३ बजे, आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार