Kathmandu Press

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : अध्यक्ष नेपाल

‘भोलि नै प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि चलेको छ, हामी यो सरकारमा सहभागी छौं। त्यसकारण हामीले विश्वासको मत दिने नदिने कुरामा प्रश्न उठाउने कुरा नै हुँदैन,’ उनले भने, ‘कसैले पनि यसमा शंका नगरे हुन्छ । यो सरकारलाई हाम्रोण् विश्वासको मत प्राप्त हुनेछ।’
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : अध्यक्ष नेपाल

काठमाडौं, जेठ ६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन्। 

आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने  कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए। 

Hardik ivf

‘भोलि नै प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि चलेको छ, हामी यो सरकारमा सहभागी छौं। त्यसकारण हामीले विश्वासको मत दिने नदिने कुरामा प्रश्न उठाउने कुरा नै हुँदैन,’ उनले भने, ‘कसैले पनि यसमा शंका नगरे हुन्छ । यो सरकारलाई हाम्रोण् विश्वासको मत प्राप्त हुनेछ।’

नीति तथा कार्यक्रमको सन्दर्भमा संसदमा छलफलको ढोका नखोल्दा संवैधानिक जटिलताहरु खडा हुने भन्दै सहमतिको बुँदामा पुग्न आवश्यक भएको नेपालले बताए । 

‘आजै संसद अवरोधको बारेमा प्रधानमन्त्रीसँग मेरो कुराकानी भयो । यो अवरोध हटाउने कुरामा रास्वपाका नेताहरुसँग पनि मैले कुरा गरें, नेपाली काङ्ग्रेससँग पनि कुरा भयो । यो अवरोध हटाउनु सबैको हितमा हुन्छ, सहमतिको बुँदामा पुग्नु आवश्यक छ । नभए त हामी ठूलो संकटमा पर्छौं,’ उनले भने। 

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्