Kathmandu Press

संसदीय छानविन समितिको कार्यादेशमा साँझसम्म सहमति हुन्छ : बर्ताैला

‘शनिबारको सहमति अनुसार कार्यदलको बैठकमा समितिको कार्यदेश के हुने भन्नेबारे निरन्तर छलफल भइरहेको छ। विषगत र बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस)ले केही समय माग्नुभएको छ,’ उनले भने, ‘एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म यसलाई फिनिसिङ गर्छौ भन्ने लाग्छ।’ 
संसदीय छानविन समितिको कार्यादेशमा साँझसम्म सहमति हुन्छ : बर्ताैला

काठमाडौं, जेठ ६ : सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानविन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। 

Hardik ivf

‘शनिबारको सहमति अनुसार कार्यदलको बैठकमा समितिको कार्यदेश के हुने भन्नेबारे निरन्तर छलफल भइरहेको छ। विषगत र बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस)ले केही समय माग्नुभएको छ,’ उनले भने, ‘एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म यसलाई फिनिसिङ गर्छौ भन्ने लाग्छ।’ 

सहकारीमा देखिएका विद्यमान समस्याहरुका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै समितिको कार्यदेश के हुने भन्नेबारे आइतबार बिहानदेखि निरन्तर छलफल भइरहेका हो। 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वको कार्यदलमा रास्वपाका रास्वपातर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहेका छन्। 

कार्यदेशको निष्कर्ष नटुंगिएसम्म प्रतिनिधि सभाको बैठकबारे अन्योल कायमै छ। 

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्