Kathmandu Press

संसदीय समितिको टीओआरमा सहमति नजिक दलहरू, कांग्रेसले माग्याे थप समय

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिसम्बन्धी कार्यादेश (टीओआर) बारे छलफलका लागि थप समय मागेको छ।
संसदीय समितिको टीओआरमा सहमति नजिक दलहरू, कांग्रेसले माग्याे थप समय

काठमाडौं, जेठ ६ : सहकारी प्रकरण छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश तयार भएको छ। 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदल गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको छ।

Hardik ivf

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिसम्बन्धी कार्यादेश (टीओआर) बारे छलफलका लागि थप समय मागेको छ।
 
सिंहदरबारमा जारी बैठकमा कांग्रेसले छलफलका लागि थप समय मागेको हो। कांग्रेसले केही समयमा फेरि बैठक बस्नेगरी समय मागेको जनाइएको छ। 

बेलुकीसम्म छानविन समितिको मस्यौदामा सहमती जुटाउने गरी कार्यदल आइतबार विहानैदेखि सक्रिय छ। 

प्रकाशित मिति: १४:४५ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्