राष्ट्रिय सभाको बैठक पनि सर्यो
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए।
काठमाडौं, जेठ ६ : दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए।
सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुंगो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ।
कार्यादेश टुंगो लाग्न नसकेपछि बैठक सारिएको हो। यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो २ बजे बस्ने गरी सारिएको थियो।
प्रकाशित मिति: १३:५० बजे, आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












