Kathmandu Press

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

‘यो गठबन्धन नेपालका राजनीतिक दललाई बाह्य हस्तक्षेप बिना निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्दछ, भन्ने प्रयास हो,’ उनले भने, ‘यो प्रयासमा चित्त नबुझ्नेहरु अस्थिरता सिर्जना गर्ने ध्याउन्नमा छन्।’ 
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
फाइल तस्बिर।

दाङ, जेठ  ६ : एमाले महासचिव शंकर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन्। 

प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको बताए।

Hardik ivf

‘यो गठबन्धन नेपालका राजनीतिक दललाई बाह्य हस्तक्षेप बिना निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्दछ, भन्ने प्रयास हो,’ उनले भने, ‘यो प्रयासमा चित्त नबुझ्नेहरु अस्थिरता सिर्जना गर्ने ध्याउन्नमा छन्।’ 

साना दललाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेको उनले जनए। विगतमा एमाले फुटाउन ल्याइएको २० प्रतिशतको कानुनअनुसार अहिले साना दलमा फुट आएको उनले बताए। दल फुटाउन अहिले २० प्रतिशत ल्याएको भनी गलत सन्देश दिन खोजिएको उनको भनाइ छ। 

संसदमा भइरहेका गतिविधिले सुखद सन्देश नदिएको उनले बताए। ‘आफूमाथि लागेको आरोपका विषयमा संसदमा बोल्न पाउनुपर्छ, भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होइन, बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, संघर्ष भएको हो,’ उनले भने । 

नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृति माथि अतिक्रमण मुख्य समस्या रहेको उनको भनाइ छ। नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको उनले बताए। 

अब नेपालमा व्यवसायी गर्न सहज वातावरण निर्माण गर्नेतर्फ लाग्नुपर्ने महासचिव पोख्रेलको भनाइ छ। उनले टरिगाउँ विमानस्थलमा बजेट आउने गरी आफूले सरकारलाई सुझाव दिएको बताए। 

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्