Kathmandu Press

आन्दोलनरत चापागाईं र मन्त्रीबीच सवाल जवाफ, प्रतिवद्धता आउनुपर्ने माग 

‘शिक्षकहरुको तलब बजेटमार्फत बढाउने कुराको ग्यारेन्टी नभएसम्म म बस्दिन । तपाईको आग्रहप्रति मेरो सम्मान छ,’ उनले भने, ‘अर्को भनेको बच्चाहरुको खाजा १५ रुपैयाँ तोकेको छ, त्यो मान्य हुँदैन। खाजा खर्च ५० रुपैयाँ बनाउनुपर्छ।’ निबन्ध जस्तो नीति कार्यक्रमप्रति आफू सन्तुष्ट नभएको पनि उनको भनाई छ।  
आन्दोलनरत चापागाईं र मन्त्रीबीच सवाल जवाफ, प्रतिवद्धता आउनुपर्ने माग 

काठमाडौं, जेठ ६ : नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईले विगत पाँच दिनदेखि बालविकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन्। 

उनी माइतीघर मण्डलामा ‘शैक्षिक अवसर सबैलाई बराबर, गुणस्तरीय शिक्षाको आधार इसीडी शिक्षामा सुधार’लगायतका नारासहितको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ती उभिएर बिरोध गरिरहेका छन्।

उनले आगामी बजेटमा शिक्षकहरुको तलब बढाउने कुराको ग्यारेन्टी नभएसम्म शान्त नबस्ने बताएका छन्। आन्दोलन स्थलमै पुगेकी शिक्षामन्त्री सुमना श्रेष्ठसँग उनले प्रधानमन्त्री र अर्थमन्त्रीको प्रतिवद्धता लिएर आउन आग्रह समेत गरेका छन्।

Hardik ivf

‘शिक्षकहरुको तलब बजेटमार्फत बढाउने कुराको ग्यारेन्टी नभएसम्म म बस्दिन । तपाईको आग्रहप्रति मेरो सम्मान छ,’ उनले भने, ‘अर्को भनेको बच्चाहरुको खाजा १५ रुपैयाँ तोकेको छ, त्यो मान्य हुँदैन। खाजा खर्च ५० रुपैयाँ बनाउनुपर्छ।’ निबन्ध जस्तो नीति कार्यक्रमप्रति आफू सन्तुष्ट नभएको पनि उनको भनाई छ।  

‘अर्थमन्त्री र प्रधानमन्त्रीसँग बसेर यो कुराको समाधान गर्न सक्नुहुन्छ भने समझदारी गरेर आन्दोलन छोड्न तयार छु,’ उनले भने, ‘सक्नुहुन्न भने अर्थमन्त्रीसँग बस्ने वातावरण शिक्षा मन्त्रालयले बनाइदियोस् म उहाँसँग बसेर कुरा गर्न तयार छु।’

उनले अटिजम भएका बालबालिकाहरुलाई विद्यालय खोल्ने वातावरण पनि बनाउनुपर्ने माग गरेका छन्। 

‘अटिजमको बालबालिकाहरुको जे समस्या छ र यो सातै प्रदेशमा बजेट मार्फत अटिजम भएको बालबालिकाहरुलाई एउटा स्कुल खोल्ने वातावरण पनि बनाउनुपर्छ,’ उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालमा काउन्सिलर र अटिजममा थेरापी गर्ने कसैको पनि लाइसन्स नभएको भन्दै अटिजम काउन्सिलरहरुको लागि इजाजतपत्रको व्यवस्था गर्न लागिरहेको बताइन्। 

जति नै भौतिक पूर्वाधार भएपनि त्यहाँ पढाउने शिक्षक नभएपछि त्यसको काम नहुने भन्दै यसमा आफू एकदमै गम्भीर भएर लागिसकेको बताइन्।
 
शिक्षा क्षेत्रमा धेरै नै नीतिगत सुधार आवश्यक रहेको बताउँदै मन्त्री श्रेष्ठले संसदमा अड्किएको शिक्षा ऐनमा हाल उठेका विषयको सम्बोधन हुनसक्छ । मन्त्री श्रेष्ठले सरकारी विद्यालयलाई राम्रो र स्तरीय नबनाएसम्म शिक्षामा सुधार हुन नसक्ने बताइन्। 

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्